संसद्‍मा एमसीसी टेबल गर्नेबारे गठबन्धनमा छलफल जारी « Khabarhub

संसद्‍मा एमसीसी टेबल गर्नेबारे गठबन्धनमा छलफल जारी


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल गर्नेबारे निर्णायक छलफलका लागि सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बैठक सुरु भएको हो।

आजको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको संसदबाटै एमसीसीको निकास निस्कियोस् भन्ने चाहेका छन्। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले टेबल गर्न नदिए देउवाले गठबन्धन भत्काउने मनस्थिति बनाएका छन् । साथै सभामुख अग्नि सापकोटालाई हटाउनेदेखि माओवादी मन्त्रीको बर्खास्तसम्मको तयारी गरेका छन् ।

आइतबारको सत्ता गठबन्धनको बैठकलाई देउवाले निर्णायक भनेका छन् । एमसीसी टेबल गर्न कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी तयार छन् । तर माओवादी अध्यक्ष प्रचण्ड मात्रै तयार देखिएका छैनन् । आजको सत्ता गठबन्धन प्रचण्डविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने स्रोतको दाबी छ ।

यसअघिको संसद् बैठकमा एमसीसी टेबल गरे गठबन्धनबाट बाहिरिने निर्णय सत्ता साझेदार दलले गरेपछि सरकार पछि हटेको थियो।

गठबन्धनमै कुरा नमिल्दा पटक-पटक बसेका गठबन्धन र संसद बैठक निष्कर्षविहीन हुँदै आएको छ। गठबन्धनले सहयोग नगरे प्रमुख प्रतिपक्षी एमालेको साथ लिएर अगाडि बढ्ने विकल्पमा पनि उनले गृहकार्य गरिरहेका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ०० बजे

कैलालीकाे बासपानी सामुदायिक वन क्षेत्रबाट अवैध काठ बरामद

सुदूरपश्चिम – कैलालीको चुरे गाउँपालिका–५ स्थित बासपानी सामुदायिक वन क्षेत्रबाट

ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट

के भन्छन् एमाले महाधिवेशनमा आएका महिला प्रतिनिधि ?

काठमाडौं- काठमाडौंमा यतिबेला एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको रौनक छ

निर्वाचन तालिका आएपछि प्यानल मिलाउन गुण्डुमा ओली पक्ष, थापागाउँमा पोखरेल समूह

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र

निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आज