आगलागीबाट विस्थापित परिवारको विचल्ली « Khabarhub

आगलागीबाट विस्थापित परिवारको विचल्ली


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकोठाको रुपमा प्रयोग हुँदै आएको कटेरोबाट सुरू भएको आगोले घर र घरमा भएका सबै सामान जल्दा आठ जनाको परिवार बिचल्लीमा परेको हो ।

शुक्रबार पास्नीको दिन अगेनामा खाना पकाउने क्रममा कटेरोको टाँडमा राखिएको परालमा आगो सल्किएर आगलागी सुरू भएको चिसापानीका कार्यवाहक वडाध्यक्ष धनकुमार राईले बताए ।

आगलागीमा सर्वस्व गुमाएका राई परिवार हाल रेडक्रसले उपलव्ध गराएको त्रिपाल टाँगेर बसिरहेका छन् । चिसोका कारण परिवारका वृद्धवृद्धा र बालबच्चा समस्यामा परेका छन् । आगलागीबाट विस्थापितलाई वडा कार्यालयकातर्फबाट खाद्यान्नलगायत बन्दोवस्तीका सामान उपलव्ध गराइएको कार्यवाहक वडाध्यक्ष राईले बताए । विस्थापितको घर निर्माणका लागि छिमेकीले आर्थिक र भौतिक सहयोग जुटाउने अभियान सुरु गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ०१ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली