कुपोषणमुक्त पालिका बनाउन जनप्रतिनिधिको पोषणयुक्त कोसेली « Khabarhub

कुपोषणमुक्त पालिका बनाउन जनप्रतिनिधिको पोषणयुक्त कोसेली


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाकी उपाध्यक्ष बिष्णु बुढा यतिबेला कुपोषणरहित गाउँपालिका बनाउन घरदैलो अभियानमा छिन् । उनी स्वास्थ्यकर्मीसहित पोषणको सन्देश बोकेर गाउँगाउँमा पुगेकी हुन् । उनी अघिल्ला बर्षहरूमा पनि पोषणयुक्त खानेकुराको कोसेली लिएर गाउँगाउँमा पुगेकी थिइन । यसपटक भने उनी स्वास्थ्यकर्मी नै लिएर गाउँबस्तीमा पुगेकी हुन् ।

उपाध्यक्ष बिष्णु बुढाले भनिन्, ‘सहजकर्ता र स्वास्थ्यकर्मी समेतसँगै गाउँ पुगेका छौँ ।’ उनले भनिन्, ‘सुनौलो हजार दिनभित्रको समय निकै संवेदनशील हो । यो समयमा पोषणको निकै आवश्यकता पर्छ । जबसम्म पोषिलो खानेकुरा दिइदैन, तबसम्म आमा र शिशुको स्वास्थ्य अवस्था मजबुद हुँदैन ।’

उपाध्यक्ष बुढाले पहिलो वर्ष शुद्ध खानेपानीका लागि फिल्टर बाँड्ने अभियान चलाएकी थिइन । दोस्रो बर्ष अण्डा, तेल र साबुनसहित पुगेकी थिइन । तेस्रो बर्ष पोषिलो कोशेली लिएर घरदैलोमै पुगेकी थिइन । उनले भनिन्, ‘सधैँ सरकारले दिन सम्भब हुँदै र सकिँदैन पनि । महिलाले अब आफैँ पोषिलो आहार बनाउनु पर्छ । स्थानीयस्तरमा उत्पादन हुने खानेकुरा खाएर आमा र बच्चाको पोषण अवस्था सुधारमा लाग्नु पर्छ भन्ने हेतुले पोषण सन्देश दिन गाउँगाउँमा पुगेका छौँ ।’

स्थानीयस्तरमा उत्पादित वस्तुको जाउलो बनाएर प्रयोग गर्न समेत सुझाइएको छ । उपाध्यक्ष बुढाले भनिन्, ‘सधैं बाँडेर दिएर सम्भव हुँदैन । अब पोषिलो खानेकुरा खुवाउने सन्देश छर्नुपर्ने अवस्था आयो । त्यही सन्देश बोकेर गाउँगाउँमा पुग्ने गरेका छौँ ।’

पोषण सन्देश छर्ने कार्यक्रम तिला गाउँपालिका–१ रारागाउँदेखि सुरु भएको थियो । तिला–६ घोडेगाउँमा पुगेर सकिँदैन । पोषण सन्देशसँगै सुरक्षित सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानु पर्ने, नियमित चेकजाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउन हरेक आमा तयार हुनु आग्रह गरिएको छ ।

तिलाका १ देखि ९ वडासम्मका दुई सय ५० जना गर्भवती रहेको पोषण सहजकर्ता जसुकला रावतले बताइन । उनले भनिन्, ‘एक हजार एक सय ४४ जना सुनौलो हजार दिन भित्रका आमा छन् ।’ उनीहरूलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर पोषणको महत्व बारे सहजीकरण गरिएको रावतले बताइन ।

स्थानीय उत्पादन जोड दिन सुझाव
स्वास्थ्यचौकी जुम्लाकोटका इन्चार्ज तथा स्वास्थ्यकर्मी बिराजु जिसीले सुनौलो हजार दिनभित्रका आमाले पोषणको महत्वका बारे निकै संवेदनशील हुनुपर्ने बताए । ८० प्रतिशत दिमागको विकास दुई बर्षभित्र हुन्छ । यो बेला पोषिलो आहारको आवश्यक पर्छ ।

‘स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डा जस्ता पोषिलो खानेकुराको प्रयोग गर्न सुझाव दियौं । आमा र बच्चा सुपोषित हुनुपर्छ । कुपोषणको चक्र तोड्नु पर्छ । अनि मात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर बन्छ ।’ उनले बताइन ।

तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावत बताउँछिन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ०० बजे

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच

चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार

काठमाडौं– सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार