सप्तकोसी नगरपालिकामा झडप, वडाअध्यक्षसहित दुई जना घाइते « Khabarhub

सप्तकोसी नगरपालिकामा झडप, वडाअध्यक्षसहित दुई जना घाइते


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तकोसी नगरपालिकामा आइतबार झडप हुँदा एक वडा अध्यक्षसहित दुई जना घाइते भएका छन् ।

चार दलका कार्यकर्ताले लगाएको ताला फुटाएपछि पुनः आइतबार ताला लगाउने क्रममा झडप भएको हो ।

६ बुँदे माग राख्दै बिहीबार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । जनप्रतिनिधिले गत शुक्रबार ताला खोलेर काम सुरु गरेपछि झडप भएको स्थानीयले बताए ।

झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडा अध्यक्ष बद्रिनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अप्रिय घटना हुन नदिन नगरपालिका कार्यालय वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका ११ वटै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले माघ २४ गते नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरूले तालाबन्दी गरेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : १२ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा