ए डिभिजन लिगः मछिन्द्र क्लबका कप्तान सुजल अन्तिम खेलबाट वञ्चित « Khabarhub

ए डिभिजन लिगः मछिन्द्र क्लबका कप्तान सुजल अन्तिम खेलबाट वञ्चित


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् ।

दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ ।

तर, कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुने छन् ।

शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १–० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुजलले पहेंलो कार्डको सामना गरेका थिए । प्राप्त पेनाल्टी सदुपयोग गरेपछि थ्रीस्टारका गोलरक्षक प्रिसोसँग ठोक्किन पुग्दा सुजललाई रेफ्री प्रकाशनाथ श्रेष्ठले कार्ड देखाएका थिए ।

प्रतियोगिताको नियमावलीअनुसार दुई पहेंलो कार्डको सामना गरेपछि एक खेल निलम्बनमा परिने छ । यसअघि सुजलले जावलाखेलविरुद्ध ७७ औँ मिनेटमा पहेंलो कार्ड पाएका थिए । सुजल

मछिन्द्रलाई लगातार उपाधि जिताउँदा टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले मनाङ मस्र्याङ्दीमा रहँदासमेत दुई पटक लिगको उपाधि उचालेका छन् ।

सुजलसँगै अजरबैजानका अट्याकरसमेत रहेका नुर्लान जाहिद नोम्रुजोभले समेत खेल गुमाउने छन् । उनीसमेत दोहोरो कार्डका कारण निलम्बनमा हुनेछन् । जारी लिगमा १२ खेलबाट ३२ अंक बनाएको मछिन्द्रले आफ्नो अपराजित यात्रा कायम गरेको छ ।

अन्तिम खेलमा समेत मछिन्द्र अपराजित यात्रा कायम राख्दै लिगको ट्रफी उचाल्ने योजनामा हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : ५८ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ