राजविराजमा मिस्टर एण्ड मिस कलेज आइकन हुने | Khabarhub Khabarhub

राजविराजमा मिस्टर एण्ड मिस कलेज आइकन हुने


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस कलेज आइकन हुने भएको छ । किशोरकिशोरीको क्षमता विकास र अभिवद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौँले आइकनको अन्तिम तयारीअन्तर्गत आइतबार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ ।

उनीहरूलाई अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट छनोट गरेको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ ।

राजविराजमा हुने ग्राण्ड फिनाले कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन– २०२२ छनोट गर्नेछ ।

फाइनलका लागि तयारी भइरहेको लायन्स क्बल अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ । अभिभावकको मञ्जुरी भएमा आइकन बिजेतालाई म्युजिक भिडिओका लागि समेत मौका दिइनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३३ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका