पाकिस्तानी राजदूतले भने- नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग रहन्छ « Khabarhub

पाकिस्तानी राजदूतले भने- नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग रहन्छ


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताएका छन् ।

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने बताए ।

नेपाली विद्यार्थीले पाकिस्तानमा रहँदा जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै उनले शैक्षिक छात्रवृत्ति निरन्तर गरिने बताए ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गरे । क्षेत्रीले नेपाली विद्यार्थीहरूलाई आफ्ना प्रख्यात शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तानलाई धन्यवाद दिए ।

स्नातक विद्यार्थीले पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ०० बजे

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि