पाकिस्तानी राजदूतले भने- नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग रहन्छ « Khabarhub

पाकिस्तानी राजदूतले भने- नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तर सहयोग रहन्छ


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा पाकिस्तानले निरन्तर सहयोग जारी राख्ने बताएका छन् ।

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने बताए ।

नेपाली विद्यार्थीले पाकिस्तानमा रहँदा जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै उनले शैक्षिक छात्रवृत्ति निरन्तर गरिने बताए ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गरे । क्षेत्रीले नेपाली विद्यार्थीहरूलाई आफ्ना प्रख्यात शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा पाकिस्तानलाई धन्यवाद दिए ।

स्नातक विद्यार्थीले पाकिस्तान प्राविधिक सहायता कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति प्राप्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ०० बजे

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको

बिहानै बालेन जानकी मन्दिरमा पुग्दा‍..

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह