विदेशी नोटहरूसहित विमानस्थलबाट दुई जना पक्राउ « Khabarhub

विदेशी नोटहरूसहित विमानस्थलबाट दुई जना पक्राउ


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी नोटसहित दुई नेपाली पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडानबाट दुबई जान लागेकी ५६ वर्षीया सहनशीला बज्राचार्य र कतार एयरवेजको उडानमार्फत अस्ट्रेलिया उड्न लागेकी २३ वर्षीया रन्जिता श्रेष्ठ पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका–२ की शाक्यले बोकेको निलो रङको ह्याण्ड ब्याग जाँच गर्दा सात हजार ७०० यूरो, एक हजार ९०० क्यानेडियन डलर, एक हजार ३०० साउदी रियाल र ३३ ओमानी रिअल फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

त्यस्तै, काठमाडौँबाट दोहा हुँदै अस्ट्रेलियाको सिड्नी जान लागेकी गोरखा बोर्लाङ ८ घर भई काठमाडौँ–१३ बस्ने श्रेष्ठको साथबाट १९ हजार ६०० अस्ट्रेलियन डलर र ४२ अमेरिकन डलरसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई विदेशी नोट बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : २२ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख