गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता : मिनु र सन्जुमाया क्वाटरफाइनलमा « Khabarhub

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता : मिनु र सन्जुमाया क्वाटरफाइनलमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ काठमाडौँमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको  क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

महिला ५१ किलो तौल समूहमा गुरुङले मंगलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश नं १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छन् ।

महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश नं १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यस्तै पुरुष ५२ किलो तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।

यसैगरी पुरुष ५७ किलो तौल समूहमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिम प्रदेशका रामबहादुर थापालाई तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई हराए । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ६३ किलो तौल समूहमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका वीरेन्द्र रावललाई तथा  लुम्बिनीका अनिल पुन मगरले प्रदेश नं १ का तोविन प्रधानलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

यस्तै पुरुष ६९ किलो तौल समूहमा एपीएफका विक्रम चौधरीले मधेश प्रदेशका सचिन शाक्यलाई तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ७५ किलो तौल समूहमा सेनाका दीपेश लामाले लुम्बिनीका गणेश सुनारलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ०८ बजे

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा