इतिहासमा आज : अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन « Khabarhub

इतिहासमा आज : अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २० अप्रिल । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षिप्त घटनाक्रम :

कोलोराडोको विद्यालयमा नरसंहार
सन् १९९९ मा अमेरिकाको कोलोराडोस्थित कोलम्बाइन हाई स्कूलमा गोली चल्दा १५ जनाको मृत्यु भएको थियो । दुई किशोरले विद्यार्थी र शिक्षकमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा थप २४ जना घाइते भएका थिए ।

कोरियन विमान सोभियत भूमिमा
सन् १९७८ मा आजकै दिन सोभियत वायु रक्षाले कोरियन एयरलाइन्सको  एउटा विमान खसालेको थियो । शीतयुद्धको समयमा बोइङ ७०७ को चालक दलका सदस्यले आफ्नो मार्ग पहिचान गर्न नसक्दा सोभियत संघको हवाई क्षेत्रमा पुगेको थियो । सोभियत हमलापछि सो जेट जमेको एउटा तालमा आपतकालीन अवतरण गरेको थियो । उक्त घटनामा दुई यात्रुको मृत्यु भएको थियो ।

पहिलो पटक मानिसको अंग प्रतिस्थापन
सन् १९५१ मा पहिलो पटक शल्यक्रिया गरेर मानिसको अंग प्रतिस्थापन गरिएको थियो । रोमानियाली चिकित्सक  डान ग्याभ्रिल्युले अन्न नली बाइपास गर्न पेटको एक भागलाई प्रयोग गरेका थिए ।

पियरे र म्यारी क्युरीको आविश्कार
सन् १९०२ मा फ्रान्सेली जोडी पियरे र म्यारी क्युरीले रेडियोएक्टिभ तत्व रेडियम पत्ता लगाएका थिए । अग्रगामी अनुसन्धानको लागि सन् १९०३ मा उनीहरूले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ०३ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको