इतिहासमा आज : अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन « Khabarhub

इतिहासमा आज : अमेरिकी विद्यालयमा नरसंहारदेखि पहिलो पटक मानिसको अंग प्रतिस्थापन


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज सन् २०२२ को २० अप्रिल । प्रस्तुत छ इतिहासमा आज भएका केही संक्षिप्त घटनाक्रम :

कोलोराडोको विद्यालयमा नरसंहार
सन् १९९९ मा अमेरिकाको कोलोराडोस्थित कोलम्बाइन हाई स्कूलमा गोली चल्दा १५ जनाको मृत्यु भएको थियो । दुई किशोरले विद्यार्थी र शिक्षकमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा थप २४ जना घाइते भएका थिए ।

कोरियन विमान सोभियत भूमिमा
सन् १९७८ मा आजकै दिन सोभियत वायु रक्षाले कोरियन एयरलाइन्सको  एउटा विमान खसालेको थियो । शीतयुद्धको समयमा बोइङ ७०७ को चालक दलका सदस्यले आफ्नो मार्ग पहिचान गर्न नसक्दा सोभियत संघको हवाई क्षेत्रमा पुगेको थियो । सोभियत हमलापछि सो जेट जमेको एउटा तालमा आपतकालीन अवतरण गरेको थियो । उक्त घटनामा दुई यात्रुको मृत्यु भएको थियो ।

पहिलो पटक मानिसको अंग प्रतिस्थापन
सन् १९५१ मा पहिलो पटक शल्यक्रिया गरेर मानिसको अंग प्रतिस्थापन गरिएको थियो । रोमानियाली चिकित्सक  डान ग्याभ्रिल्युले अन्न नली बाइपास गर्न पेटको एक भागलाई प्रयोग गरेका थिए ।

पियरे र म्यारी क्युरीको आविश्कार
सन् १९०२ मा फ्रान्सेली जोडी पियरे र म्यारी क्युरीले रेडियोएक्टिभ तत्व रेडियम पत्ता लगाएका थिए । अग्रगामी अनुसन्धानको लागि सन् १९०३ मा उनीहरूले भौतिकशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ०३ बजे

भोटेकोसी बाढीका प्रत्यक्षदर्शी भन्छन्- अचानक हुरी, धुलो र लेदोसहित उर्लिएर सबै छोप्यो

काठमाडौं– रसुवाको टिमुरे क्षेत्रमा बुधबार चीनतर्फबाट ल्हेन्दे खोलो हुँदै भोटेकोसीमा

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, सचेत रहन आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । रसुवाका

सर्वोच्चले कांग्रेसको महाधिवेशन रोक्ने सम्भावना देख्दिनँ : उपसभापति शर्मा

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनको

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।