बोर्डको प्रस्ताव : डब फिल्ममा रोक, सेन्सर नगरी शो राख्न नपाइने « Khabarhub

बोर्डको प्रस्ताव : डब फिल्ममा रोक, सेन्सर नगरी शो राख्न नपाइने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही समय यता विदेशी फिल्मको दबदबाले नेपाली फिल्मलाई स्वदेशमै गाह्रो परिरहेको खबर आइरहेका छन् । नेपाल सरकारको तर्फबाट फिल्मलाई नियमन गर्ने चलचित्र विकास बोर्डले भने यसमा कदम नचालेको आरोप लाग्ने गरेका छन् । तर, बोर्डका अध्यक्ष दयाराम दाहाल भने आफ्नो मनोमानी नभई प्रक्रियागत रुपमा बोर्डले एक्सन लिने बताएका छन् ।

‘कुनै व्यक्तिले भन्दैमा बोर्डले एक्सन लिने हैन । बोर्डले कानुन अनुसार आफ्नो गतिविधि गर्ने हो’ अध्यक्ष दाहालले भने । उनले मंगलबार बसेको बैठकबाट नेपालमा सेन्सर नगरी बुकिङ्ग खोल्न नपाइने र डब फिल्मलाई प्रदर्शनमा रोक लगाउने निर्णय गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई पत्र समेत पठाइसकेका छन् ।

ड्राफ्ट भइसकेको राष्ट्रिय चलचित्र नीति पास नहुदाँ बोर्डलाई बेलाबखतमा कानुनी अड्चन आउने गरेको छ । बोर्ड अध्यक्ष दाहालले आफूले सक्ने र अधिकार रहेको कानुनलाई नेपाली फिल्मको हितका लागि प्रयोग गरेको पनि बताएका छन् । ‘हामीले मन्त्रालयमा समस्या र समाधान सहित बोर्ड बैठकको निर्णय पठाएका छौँ । हामीले प्रयोग गर्न मिल्ने अधिकारबाट पछि हटेका छैनौं’ अध्यक्ष दाहालले भने ।

यदि, मन्त्रालयले निर्णय गरेको खण्डमा नेपालमा विदेशी डब फिल्म भित्रिने छैनन् । साथै, सेन्सर नगरी हलमा बुकिङ्ग समेत खुलाउन पाइने छैन । यसमा नेपाली निर्माताले समेत सेन्सर अगाडी नै गर्नु पर्नेछ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ रिलिजको समयमा सेन्सर नै नगरी एक साता अगाडि नै शोज निकालेर प्रदर्शकले टिकट बिक्री गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : १६ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई