तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ « Khabarhub

तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँमा मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका–३ घेत्माका २० वर्षीय नाईजेल ठकुरी र सोही ठाउँ बस्ने १९ वर्षीय खिममान पुन रहेका   छन् । 

शुक्लागण्डकी नगरपालिका–११ साँखे बस्ने ४३ वर्षीय भिम बहादुर थापाको घरमा पार्किङ गरी राखेको ध १ प ५५९३ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा शुक्लागण्डकी नगरपालिका–८ स्थित पुलचोकबाट उनीहरूलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : २९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच