श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु « Khabarhub

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीको गोली लागी एक जनाको मृत्यु


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव रहेको अवस्थामा जारी सरकारविरोधी प्रदर्शनका क्रममा मध्य श्रीलंकाको राम्बुक्काना शहरमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको हो ।

प्रहरीको गोली लागी अरु १४ जना घाइते भएको बीबीसीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भिडियो श्रीलंकाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ भाइरल भएको बताइएको छ ।

यता प्रहरीले भने प्रदर्शनकारीमाथि ‘न्यूनतम बल’ प्रयोग गरेको दाबी गरेको छ । श्रीलंकाका लागि संयुक्त राष्ट्रसंघीय प्रतिनिधि, अमेरिकी तथा युरोपेली राजदूतहरुले घटनाको निन्दा गरेको बीबीसीले जनाएको छ ।

सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पछिल्ला केही सातायता सरकारविरोधी प्रदर्शन चलिरहेको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा माग गर्दै प्रदर्शनलाई चर्काइरहेको बताइएको छ ।

बीबीसीका अनुसार यसमाथि सोमबार १७ नयाँ मन्त्रीहरूसहित मन्त्रिपरिषद् विस्तार गर्ने राजपाक्षेको कदमबाट पनि श्रीलंकालीहरु आक्रोशित बनेका छन् ।

मंगलबार श्रीलंकामा इन्धनको प्रमुख खुद्रा विक्रेताले इन्धनको मूल्य ६५ प्रतिशतसम्म वृद्धि गरेपछि पछिल्लो चरणको प्रदर्शन भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ५९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले