कांग्रेस महामन्त्री शर्माले मागे अर्थमन्त्री शर्माको राजीनामा  « Khabarhub

कांग्रेस महामन्त्री शर्माले मागे अर्थमन्त्री शर्माको राजीनामा 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

मन्त्री शर्माले निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार अल्पकालिन अन्तरिम आदेश दिँदै काममा फर्कन भनेपछि विश्वप्रकाशले उनको राजीनामा माग गरेका हुन् ।

विश्वप्रकाशले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’

कांग्रेस महामन्त्री विश्वप्रकाशले अर्थमन्त्रीको नाम उल्लेख नगरी उनको राजीनामा माग गरेका छन् । ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुति लेनै सुन्दर बन्दै जान्छ राजनीति !,’ विश्वप्रकाशले नाम नलिई यसरी राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १२ : ४५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको