अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान प्रदान « Khabarhub

अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान प्रदान


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमान र विमानका पार्टपुर्जाहरू प्रदान गरेको छ ।

राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या नखुलाइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार युक्रेनी फौजसँग दुई साताअघिको तुलनामा अझै बढी ‘स्थिर पखेटा भएका लडाकु विमान’ छन् ।

युक्रेनलाई कस्तो किसिमको लडाकु विमान उपलब्ध गराइएको हो भन्ने स्पष्ट नपारेपनि किरबीले ती विमान ‘रुसमा निर्मित’ रहेको जानकारी दिए ।

उनले युक्रेनले लडाकु विमानका केही पार्टपुर्जा प्राप्त गरेको भएपनि भएपनि हालसम्म सिंगो लडाकु विमान भने प्राप्त नगरिसकेको जानकारी दिए ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूसँग तत्कालीन सोभियत संघमा निर्मित मिग २९ लडाकु विमानको माग गर्दै आएका थिए ।

युक्रेनी फौजका पाइलटहरू उक्त विमान उडाउन अभ्यस्त भएका कारण उनले मिग २९ लडाकु विमानको माग गरेको बताइएको छ ।

पोल्याण्ड लगायतका केही मुलुकले केही समयअघि जर्मनीस्थित नेटोको अमेरिकी सैनिक आधारबाट युक्रेनलाई मिग लडाकु विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यद्यपि त्यसबेला नेटोले यसबारे चासो देखाएको थिएन ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले