अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान प्रदान | Khabarhub Khabarhub

अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान प्रदान


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमान र विमानका पार्टपुर्जाहरू प्रदान गरेको छ ।

राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या नखुलाइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार युक्रेनी फौजसँग दुई साताअघिको तुलनामा अझै बढी ‘स्थिर पखेटा भएका लडाकु विमान’ छन् ।

युक्रेनलाई कस्तो किसिमको लडाकु विमान उपलब्ध गराइएको हो भन्ने स्पष्ट नपारेपनि किरबीले ती विमान ‘रुसमा निर्मित’ रहेको जानकारी दिए ।

उनले युक्रेनले लडाकु विमानका केही पार्टपुर्जा प्राप्त गरेको भएपनि भएपनि हालसम्म सिंगो लडाकु विमान भने प्राप्त नगरिसकेको जानकारी दिए ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूसँग तत्कालीन सोभियत संघमा निर्मित मिग २९ लडाकु विमानको माग गर्दै आएका थिए ।

युक्रेनी फौजका पाइलटहरू उक्त विमान उडाउन अभ्यस्त भएका कारण उनले मिग २९ लडाकु विमानको माग गरेको बताइएको छ ।

पोल्याण्ड लगायतका केही मुलुकले केही समयअघि जर्मनीस्थित नेटोको अमेरिकी सैनिक आधारबाट युक्रेनलाई मिग लडाकु विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यद्यपि त्यसबेला नेटोले यसबारे चासो देखाएको थिएन ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग