वेब सिरिजको अडिसनमा सौगात | Khabarhub Khabarhub

वेब सिरिजको अडिसनमा सौगात


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सौगात मल्लले एक वेब सिरिजका लागि समय दिइरहेका छन् । यसैले गर्दा उनले झन्डै १० महिनाको समय सिरिजको लागि छुट्याएका छन् । अंग्रेजी भाषामा निर्माण हुने सिरिजको लागि केही अडिसन समेत उनले गरिसकेका छन् । ‘सिरिजको लागि प्रक्रिया मै छु । केही चरणको अडिसन समेत भइसकेको छ । तर, पक्का भने होइन’ सौगातले एक भेटमा बताए ।

एक अवार्ड समरोहमा भाग लिन पुगेका सौगातले सिरिजलाई पक्का भयो भने अन्य निर्माताहरुलाई असर नगरोस् भनेर नै नयाँ फिल्म फागुन अगाडि नगर्ने भनेको स्वीकारे । अंग्रेजी सिरिजले सौगातसँग लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका हुन् । सौगातले केही दिनअघि अंग्रजी भाषामा बन्ने नेपाली फिल्ममा पनि खेल्ने चर्चा थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि सौगातले त्यो फिल्म छाडेका हुन् । उनले यो फिल्म नगरेपछि ‘दुई नम्बरी’ साइन गरेका थिए ।

यो फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ । सौगातले छिट्टै नै यो फिल्मको सेट ज्वाइन गर्दैछन् । अंग्रेजी सिरिजका लागि नेपालको कास्टिङ एजेन्सीले दयाहाङ राईलाई प्रक्रियामा सामेल गराउन खोजेको थियो । तर, दयाले भने आफूसँग समय नभएकाले अडिसनतिर लाग्न नभ्याउने जवाफ दिएका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : २० बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार