आईपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै « Khabarhub

आईपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदैछ । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा बुधबार हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स नेपाली समयअनुसार राति पौने ८ बजे भिड्नेछन् ।

दिल्ली तेस्रो जितको खोजीमा छ भने पञ्जाब चौथो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको थियो । पञ्जाब किंग्स पनि सनराइजर्स हैदरावादसँग ७ विकेटले पराजित भएको थियो ।

५ खेलमा २ जित निकालेको दिल्ली ४ अंकसहित तालिकाको आठौं स्थानमा छ । यता ६ खेलमा ३ जित निकालेको पन्जाब भने सातौं स्थानमा छ ।

७ मध्ये ५ खेलमा जित निकालेर १० अंक सहित रोयल च्यालेन्जर्स बेङ्गलोर दोस्रो स्थानमा छ । ६ खेलमध्ये ५ जित निकालेको गुजरात टाइटन्स भने शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : १७ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ