तस्वीर क्रिकइन्फो

क्रिकेट

आईपिएलमा आज दिल्ली र पञ्जाब भिड्दै

By खबरहब

April 20, 2022

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बुधबार एउटा खेल हुँदैछ । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा बुधबार हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स नेपाली समयअनुसार राति पौने ८ बजे भिड्नेछन् ।

दिल्ली तेस्रो जितको खोजीमा छ भने पञ्जाब चौथो जित निकाल्न चाहन्छ । यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको थियो । पञ्जाब किंग्स पनि सनराइजर्स हैदरावादसँग ७ विकेटले पराजित भएको थियो ।

५ खेलमा २ जित निकालेको दिल्ली ४ अंकसहित तालिकाको आठौं स्थानमा छ । यता ६ खेलमा ३ जित निकालेको पन्जाब भने सातौं स्थानमा छ ।

७ मध्ये ५ खेलमा जित निकालेर १० अंक सहित रोयल च्यालेन्जर्स बेङ्गलोर दोस्रो स्थानमा छ । ६ खेलमध्ये ५ जित निकालेको गुजरात टाइटन्स भने शीर्ष स्थानमा छ ।