नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवद्वारा राजीनामा | Khabarhub Khabarhub

नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवद्वारा राजीनामा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाली कांग्रेस रुपन्देहीका पूर्व क्षेत्रीय सभापति मातृका यादवले राजीनामा दिएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयर पदको उम्मेदवारको आकांक्षी रहेका यादवले टिकट नपाउने भएपछि साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

स्थानीय तहको गत निर्वाचनमा सिद्धार्थनगरमा मेयर पदमा पराजित भएका उनले दोस्रोपटक पनि आकांक्षा देखाएका थिए । एकलौटी रूपमा कांग्रेस नगर समितिले मेयर पदको उम्मेदवार सिफारिस गरेकोमा असुन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा दिएका हुन् ।

यादवले राजीनामा पत्रमा मेयर पदका ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि एकजनाको मात्र नाम सिफारिस गरिएकोमा उनले आपत्ति जनाएका छन् ।

‘म ४० वर्षदेखि कांग्रेसमा आबद्ध छु, तर हिजो आएका नयाँ मान्छेलाई एकलौटी रूपमा मेयर पदको उम्मेदवारमा सिफारिस गरियो, यो गलत हो,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

यादव संस्थापन इतर पक्षका हुन् । कांग्रेसले सिद्धार्थनगरको नगर प्रमुखमा इस्तियाक अहमदको नाम सिफारिस गरेपछि उनी असन्तुष्ट भएका हुन् । इस्तियाक राप्रपाबाट नेपाली कांग्रेसमा आएका थिए, उनी संविधानसभा सदस्यसमेत हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : २८ बजे

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको