जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित) « Khabarhub

जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

शौचालय नभएको घरपरिवारलाई १० हजार अनुदान दिने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।

‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ’, घोषणापत्रमा भनिएको छ।

त्यस्तै, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ। ‘सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० रुपैयाँ सम्मको खानेपानी बिल निशुल्क गरिने छ। आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिइने छ’, भनिएको छ।

‘माध्यामिक विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिक रुपमा नै निशुल्क र गुणस्तरीय बनाइने छ। प्रारम्भमा ‘एक पालिका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गरिने छ। सबै विद्यालयहरुमा कम्प्युटर शिक्षा दिइने छ’, घोषणापत्रमा भनिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ४६ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले