युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : अध्यक्ष ओली « Khabarhub

युवामा अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : अध्यक्ष ओली


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको अकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, सम्मृद्ध नेपा सुखी नेपाल परिकल्पना पूरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।

ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु पर्ने बताए ।

उनले भने, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्याता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो । विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो । औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविश्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए । यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पूर्खाको जिन हामीसँग छ ।’ यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : १३ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल