असान्जलाई अमेरिका सुपुर्दगी गर्ने जिम्मा बेलायती आन्तरिक मामिला मन्त्रालयलाई « Khabarhub

असान्जलाई अमेरिका सुपुर्दगी गर्ने जिम्मा बेलायती आन्तरिक मामिला मन्त्रालयलाई


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतको एउटा अदालतले गोप्य दस्तावेजहरू सार्वजनिक गरेर सनसनी मच्चाएको विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने विषयको मुद्दा आन्तरिक मामिला मन्त्रालयतर्फ पठाएको छ ।

राजधानी लण्डनमा रहेको अदालतले असान्जको मुद्दाको सुनुवाइ गर्दै थप प्रक्रियागत कार्य पूरा गर्नका लागि आन्तरिक मामिला मन्त्री प्रिती पटेलसमक्ष पठाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यससँगै अब पटेलले आदेशमा हस्ताक्षर गरेको खण्डमा असान्जको अमेरिका सुपुर्दगीका लागि बाटो खुल्ने रोयटर्सले जनाएको छ । यद्यपि पटेलको निर्णयउपर असान्जले कानूनी पुनरावलोकनका लागि आवेदन दिन सक्ने बताइएको छ ।

यसअघि गत मार्च महिनामा अदालतले अमेरिका सुपुर्दगी गर्ने मुद्दामा उनको पुनरावेदन लिन अस्वीकार गरेको थियो ।

असान्जमाथि अमेरिकामा १८ आपराधिक अभियोगमा मुद्दा चलिरहेको छ । सबै अभियोमा दोषि ठहर भएको खण्डमा उनलाई १ सय ७५ वर्षको जेल सजाय हुने बताइएको छ । यद्यपि उनले आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् ।

७ वर्षसम्म लण्डनस्थित ल्याटिन अमेरिकी मुलुक इक्वेडोरको दूतावासमा शरण लिएका असान्ज सन् २०१९ यता दक्षिण पूर्वी लण्डनको जेलमा छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ४० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने