ब्राजिल र अर्जेन्टिनाबीच अष्ट्रेलियामा मैत्रीपूर्ण फुटबल हुने | Khabarhub Khabarhub

ब्राजिल र अर्जेन्टिनाबीच अष्ट्रेलियामा मैत्रीपूर्ण फुटबल हुने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार विश्वकप २०२२ अघि ब्राजिल र अर्जेन्टिनाले अष्ट्रेलियाको मेलबर्नमा मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।

यस मैत्रीपूर्ण खेलले अर्जेन्टिनाका कप्तान लियोनल मेसी र ब्राजिलका स्टार नेयमारलाई विश्वकपअघि आफ्नो टोलीलाई प्रमाणित गर्ने अवसर प्रदान गर्नेछ । यी दुईबीचको खेल ११ जुनमा हुनेछ ।

यसअघि दुवै टिमको पछिल्लो पटक विश्वकप छनोटका खेल सेप्टेम्बरमा ब्राजिलको साओ पाउलोमा खेलेका थिए । सो खेल चलिरहेको केही मिनेटमै ब्राजिलियन स्वास्थ्य अधिकारीहरुले मैदानमा गएर चार अर्जेन्टिनी खेलाडीलाई कोभिड–१९ क्वारेन्टिन नियम उल्लंघन गरेको आरोपमा पक्राउ गर्न खोजेका थिए । 

यद्यपि, अर्जेन्टिनी खेल अधिकारीहरुले हस्तक्षेप गरेपछि उक्त खेल स्थगित भएको थियो । हालसम्म स्थगित भएको उक्त खेल खेलिएको छैन । यसका बावजुद दुवै टिम कतारमा हुने विश्वकपमा छनोट भइसकेका छन् । 

बुधबार अस्ट्रेलियाको प्रान्तीय सरकारले ‘सुपरक्लासिको’ मेलर्बनको क्रिकेट मैदानमा हुने घोषणा गरेको हो । पाँच वर्षपछि हुन लागेको दक्षिण अमेरिकी फुटबल टिमको मैत्रीपूर्ण खेल हेर्न ९५ हजार दर्शकले उपस्थित हुने अनुमान छ ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ३० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु