खोटाङमा कृषि गणना सुरु « Khabarhub

खोटाङमा कृषि गणना सुरु


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कृषि गणना सुरु गरिएको छ ।

सातौँ राष्ट्रिय कृषि गणनाअन्तरगत आगामी १९ जेठसम्म सञ्चालन हुने कृषिगणनाको काम मंगलबारदेखि सुरु गरिएको हो । कृषि गणनाका लागि छानिएको क्षेत्रमा १७ सुपरीवेक्षक र ६२ गणक खटाइएका छन् ।

कृषि गणनामा जिल्लाका १० स्थानीय तहका ७९ वडामध्ये ७४ वडाका १८१ क्षेत्रका करिब ४ हजार ४२५ कृषक समेटिने जिल्ला कृषि गणना अधिकृत जितबहादुर कोइरालाले बताए ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्यांकन गर्न आवश्यक तथ्यांक तयार पारेर योजनाविद् र नीति निर्मातालाई सघाउ पुर्‍याउने उद्देश्यले देशव्यापी कृषिगणना सुरु गरिएको हो । कृषि गणनामा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छी पालन तथा कृषिमा वातावरणीय प्रभाव सम्बन्धी विवरण समेटिने कोइरालाले बताए ।

‘कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइ विवरण लिइने छ,’ कोइरालाले भने, ‘कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहार सम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिंगको आधारमा कृषि गणनाको स्वामित्वको अवस्थाको बारेमा तथ्यांक संकलन गरिन्छ ।’

कृषि गणनाका लागि जिल्लाको केपिलासगढी गाउँपालिकाका ६ वडामा १६ गणना क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाका ७ वडामा १९ गणना क्षेत्र, रावाबेँसी गाउँपालिकाका ६ वडामा १७ गणना क्षेत्र, हलेसी तुवाचुङ नगरपालिकाका ९ वडामा १८ गणना क्षेत्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडामा २६ वटा गणना क्षेत्र निर्धारण गरिएको छ ।

यस्तै, साकेला गाउँपालिकाका ५ वडामा १६, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ७ वडामा १९, खोटेहाङ गाउँपालिकाका ८ वडामा २१, जन्तेढुंगा गाउँपालिकाका ६ वडामा १५ र बराहपोखरी गाउँपालिकाका ६ वडामा १४ गणनाक्षेत्र निर्धारण गरिएको छ ।

कृषि गणना सफल बनाउनका लागि बुधबार जिल्ला समन्वय समितिको सभाहलमा कृषि गणना सम्बन्धी सचेतना गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले कृषि गणनालाई प्रभावकारी बनाउन सहयोग र सहजीकरण गर्न आग्रह गरेका छन् ।

नेपालमा २०१८ सालदेखि कृषि गणना सुरु गरिएको हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालका करिब ६८ लाख घरपरिवारमध्ये करिब ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको