खोटाङमा कृषि गणना सुरु « Khabarhub

खोटाङमा कृषि गणना सुरु


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा कृषि गणना सुरु गरिएको छ ।

सातौँ राष्ट्रिय कृषि गणनाअन्तरगत आगामी १९ जेठसम्म सञ्चालन हुने कृषिगणनाको काम मंगलबारदेखि सुरु गरिएको हो । कृषि गणनाका लागि छानिएको क्षेत्रमा १७ सुपरीवेक्षक र ६२ गणक खटाइएका छन् ।

कृषि गणनामा जिल्लाका १० स्थानीय तहका ७९ वडामध्ये ७४ वडाका १८१ क्षेत्रका करिब ४ हजार ४२५ कृषक समेटिने जिल्ला कृषि गणना अधिकृत जितबहादुर कोइरालाले बताए ।

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्यांकन गर्न आवश्यक तथ्यांक तयार पारेर योजनाविद् र नीति निर्मातालाई सघाउ पुर्‍याउने उद्देश्यले देशव्यापी कृषिगणना सुरु गरिएको हो । कृषि गणनामा कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छी पालन तथा कृषिमा वातावरणीय प्रभाव सम्बन्धी विवरण समेटिने कोइरालाले बताए ।

‘कृषि गणनामा कृषकले चलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइ विवरण लिइने छ,’ कोइरालाले भने, ‘कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या र आहार सम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिंगको आधारमा कृषि गणनाको स्वामित्वको अवस्थाको बारेमा तथ्यांक संकलन गरिन्छ ।’

कृषि गणनाका लागि जिल्लाको केपिलासगढी गाउँपालिकाका ६ वडामा १६ गणना क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाका ७ वडामा १९ गणना क्षेत्र, रावाबेँसी गाउँपालिकाका ६ वडामा १७ गणना क्षेत्र, हलेसी तुवाचुङ नगरपालिकाका ९ वडामा १८ गणना क्षेत्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १३ वडामा २६ वटा गणना क्षेत्र निर्धारण गरिएको छ ।

यस्तै, साकेला गाउँपालिकाका ५ वडामा १६, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ७ वडामा १९, खोटेहाङ गाउँपालिकाका ८ वडामा २१, जन्तेढुंगा गाउँपालिकाका ६ वडामा १५ र बराहपोखरी गाउँपालिकाका ६ वडामा १४ गणनाक्षेत्र निर्धारण गरिएको छ ।

कृषि गणना सफल बनाउनका लागि बुधबार जिल्ला समन्वय समितिको सभाहलमा कृषि गणना सम्बन्धी सचेतना गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले कृषि गणनालाई प्रभावकारी बनाउन सहयोग र सहजीकरण गर्न आग्रह गरेका छन् ।

नेपालमा २०१८ सालदेखि कृषि गणना सुरु गरिएको हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालका करिब ६८ लाख घरपरिवारमध्ये करिब ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ४६ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने