बैतडीका किसानलाई गहुँ भित्र्याउने चटारो « Khabarhub

बैतडीका किसानलाई गहुँ भित्र्याउने चटारो


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ ।

यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् ।

अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने अवस्था रहेको रहेको उनले बताइन् ।

विगतमा सिँचाइको अभावले गहुँबाली बिग्रिने गरेकोमा यसपालि भने वर्षाका कारण सबै ठाउँका किसानले आफ्नो खेतमा छरेको गहुँबाली सप्रिएको पुर्चौडी नगरपालिका-६ दहतालका राम बोहराले जानकारी दिए ।

किसानको गहुँबाली सप्रिएपछि किसान खुसी हुँदै खेतमा गहुँ भित्र्याउन लागेको सिगास गाउँपालिका–९ चौखामका मुरलीधर अवस्थीले बताए ।

विभिन्न समयमा किसानहरूले आफ्नो खेतमा लगाएका कृषि उपजहरू असिनापानीले नष्ट गर्ने भए पनि यसपालि निकै कम क्षति भएको पञ्चेश्वर गाउँपालिका-४ का नरेन्द्र चन्दले बताए ।

उनले भने, ‘कहिले बेमौसमी वर्षाका कारण बालिनाली बिग्रन्छ । कहिले भित्र्याउन ठिक्क भएको बालीनाली बिग्रन्छ । तर, यसपालि सबैकुराको अनुकूलता मिलेकाले गहुँबाली सप्रिएको छ’ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ५८ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)