बैतडीका किसानलाई गहुँ भित्र्याउने चटारो « Khabarhub

बैतडीका किसानलाई गहुँ भित्र्याउने चटारो


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ ।

यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् ।

अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने अवस्था रहेको रहेको उनले बताइन् ।

विगतमा सिँचाइको अभावले गहुँबाली बिग्रिने गरेकोमा यसपालि भने वर्षाका कारण सबै ठाउँका किसानले आफ्नो खेतमा छरेको गहुँबाली सप्रिएको पुर्चौडी नगरपालिका-६ दहतालका राम बोहराले जानकारी दिए ।

किसानको गहुँबाली सप्रिएपछि किसान खुसी हुँदै खेतमा गहुँ भित्र्याउन लागेको सिगास गाउँपालिका–९ चौखामका मुरलीधर अवस्थीले बताए ।

विभिन्न समयमा किसानहरूले आफ्नो खेतमा लगाएका कृषि उपजहरू असिनापानीले नष्ट गर्ने भए पनि यसपालि निकै कम क्षति भएको पञ्चेश्वर गाउँपालिका-४ का नरेन्द्र चन्दले बताए ।

उनले भने, ‘कहिले बेमौसमी वर्षाका कारण बालिनाली बिग्रन्छ । कहिले भित्र्याउन ठिक्क भएको बालीनाली बिग्रन्छ । तर, यसपालि सबैकुराको अनुकूलता मिलेकाले गहुँबाली सप्रिएको छ’ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ५८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको