कर्णालीका मुख्यमन्त्री शाहीले गरे प्रगति विवरण सार्वजनिक « Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले गरे प्रगति विवरण सार्वजनिक


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले १७० किलोमिटर सडकको ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरोउन्नति र ११ किलोमिटर कालोपत्रे गरिएको शाहीले बताएका छन् ।

एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याई वस्ती उज्यालो बनाइएको उनको प्रगति विवरणमा उल्लेख छ । जडीबुटी विकासमार्फत ५०० हेक्टर जमिनमा जडीबुटी खेती सुरु गरिएको शाहीले बताए ।

पर्यटन प्रवर्द्धन गर्नका लागि चिनिँया र अंग्रेजी भाषाको वेबसाइट निर्माण गरिएको मुख्यमन्त्री शाहीले बताए । अन्य प्रदेशले बढाएको तलब, भत्ताभन्दा आफ्नो प्रदेशमा बढाएको तलब भत्ता कम भएको भन्दै मुख्यमन्त्री शाहीले संघ सरकारको अनुमतिले बढाउने काम भएको बताए । रुकुम पश्चिम, डोल्पा, सल्यान, हुम्ला र दैलेखमा जिल्ला अस्पताल निर्माण कार्य जारी रहेको समेत उनले जानकारी दिए ।

कर्णालीमा ८१ वटा खेलमैदान निर्माण गरिनुका साथै ७९ वटा पालिकामा ४०० कक्षा कोठा निर्माण गरिएको बताएको छ । १ हजार २ सय ३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले जानकारी दिए । ६६ वटा सामुदायिक इकाई पुनर्स्थापना भएर स्थानीय तह मार्फत काम भइरहेको बताएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतहरू गरी ७३ जनालाई परिचालन गरिएको छ । ४०० घरधुरी विपन्न परिवारको घर निर्माणको काम चलिरहेको बताए । डोल्पामा अस्पतालमा नयाँ जेनरेटर खरिद गरेर काम सुरु भएको अन्य कुराको कुनै पनि जानकारी नगराएको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ४२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र