कर्णालीका मुख्यमन्त्री शाहीले गरे प्रगति विवरण सार्वजनिक « Khabarhub

कर्णालीका मुख्यमन्त्री शाहीले गरे प्रगति विवरण सार्वजनिक


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनले १७० किलोमिटर सडकको ट्याक ओपन गरिएको बताए । त्यस्तै ३० किलोमिटर सडकको स्तरोउन्नति र ११ किलोमिटर कालोपत्रे गरिएको शाहीले बताएका छन् ।

एक सय घरधुरीलाई विद्युतीय ऊर्जामा पहुँच पुर्‍याई वस्ती उज्यालो बनाइएको उनको प्रगति विवरणमा उल्लेख छ । जडीबुटी विकासमार्फत ५०० हेक्टर जमिनमा जडीबुटी खेती सुरु गरिएको शाहीले बताए ।

पर्यटन प्रवर्द्धन गर्नका लागि चिनिँया र अंग्रेजी भाषाको वेबसाइट निर्माण गरिएको मुख्यमन्त्री शाहीले बताए । अन्य प्रदेशले बढाएको तलब, भत्ताभन्दा आफ्नो प्रदेशमा बढाएको तलब भत्ता कम भएको भन्दै मुख्यमन्त्री शाहीले संघ सरकारको अनुमतिले बढाउने काम भएको बताए । रुकुम पश्चिम, डोल्पा, सल्यान, हुम्ला र दैलेखमा जिल्ला अस्पताल निर्माण कार्य जारी रहेको समेत उनले जानकारी दिए ।

कर्णालीमा ८१ वटा खेलमैदान निर्माण गरिनुका साथै ७९ वटा पालिकामा ४०० कक्षा कोठा निर्माण गरिएको बताएको छ । १ हजार २ सय ३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उनले जानकारी दिए । ६६ वटा सामुदायिक इकाई पुनर्स्थापना भएर स्थानीय तह मार्फत काम भइरहेको बताएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिकल अधिकृतहरू गरी ७३ जनालाई परिचालन गरिएको छ । ४०० घरधुरी विपन्न परिवारको घर निर्माणको काम चलिरहेको बताए । डोल्पामा अस्पतालमा नयाँ जेनरेटर खरिद गरेर काम सुरु भएको अन्य कुराको कुनै पनि जानकारी नगराएको मुख्यमन्त्री शाहीले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको