आठ महिनामा पर्यटन क्षेत्रको आय साढे १४ अर्ब « Khabarhub

आठ महिनामा पर्यटन क्षेत्रको आय साढे १४ अर्ब


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा पर्यटन क्षेत्रबाट १४ अर्ब ४९ करोड रुपैयाँ आय भएको जनाएको छ । कोरोना महामारीको जोखिम कम भएसँगै बढेको पर्यटकको संख्याले पर्यटन क्षेत्रको आय बढेको मन्त्रालयले जनाएको हो ।

सन् २०२२ को मार्चसम्म नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७८ हजार ७४७ पुगेको छ । गत वर्षको सोही अवधिमा कोरोना महामारीका कारण उक्त संख्या ८५ प्रतिशतले कमी आई ३२ हजार ९९७ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो आठ महिनामा कोरोनाका कारण नेपाल आउने पर्यटकको संख्यामा कमी आउँदा पर्यटन क्षेत्रको आय ९१.६ प्रतिशतले कमी आई ७ अर्ब २६ करोड रुपैयाँमा झरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ४१ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप