तस्वीर- विकिमिडिया कमन्स

अन्तर्राष्ट्रिय

अन्तत: जम्मु कश्मीरको सद्दाल गाउँमा बिजुली पुग्यो

By खबरहब

April 20, 2022

काठमाडौं– भारतले स्वतन्त्रता पाएको ७५ वर्षपछि पहिलो पटक जम्मु कश्मीरको एक गाउँमा विजुली पुगेको छ । भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार जम्मु कश्मीरको सद्दाल गाउँमा पहिलो पटक बिजुली पुगेको हो ।

भारतको केन्द्र सरकारको ‘युनाइटेड ग्रान्ट्स स्किम’ नामक कार्यक्रममार्फत् उक्त गाउँमा बिजुली पुर्‍याइएको हो ।

घरघरमा बिजुलीबत्ती पुगेपछि स्थानीयबासिन्दाहरु हर्षित भएको एएनआईले जनाएको छ । यसअघि गाउँलेले दियो र टुकीको साहारामा जीवन गुजारा गर्दै आएकोमा अब बिजुली पुगेपछि बालबालिकाको भविष्य पनि सुरक्षित हुने गाउँलेको अपेक्षा रहेको जनाइएको छ ।

‘अब हामीले कुनै समस्याबिना पढ्न पाउने भयौँ ।’ आठ कक्षामा अध्ययनरत पभर सिंहलाई उद्धृत गर्दै एएनआईले जनाएको छ, ‘पहिले बिजुली नहुँदा हामीले दियो र टुकीको भरमा पढ्नुपर्ने बाध्यता थियो ।’