सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री हुँदैन : अध्यक्ष ओली « Khabarhub

सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री हुँदैन : अध्यक्ष ओली


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले यसअघिको आफू नेतृत्वको सरकारले मुलुकको विकासका धेरै काम गरेको दाबी गरेका छन्।

बुधबार ललितपुरमा आयोजित युवासँग केपी ओली कार्यक्रममा उनले आफ्नो नेतृत्वको सरकारले सडक निर्माणदेखि विभिन्न विकासका काम गरेको दाबी गरेका हुन् । उनले सडक बालबालिकामुक्त बनाइएको, विभिन्न विमानस्थललाई स्तरोन्नती गरिएको जानकारी दिए।

अध्यक्ष ओलीले सात सय करोड रुपैयाँमा पनि एमाले खरिद बिक्री नहुने दाबी गरे । बुधबार ‘युवासँग म’ विषयक अन्तरक्रियामा युवाहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । ओलीले रुपन्देहीका सरोज भट्टराईले आफु पनि राजनीतिमा आउन चाहेको तर आफूसँग पैसा नभएकाले सात करोड लिएर आउने व्यापारीलाई उम्मेदवारको टिकट दिनुहुन्छ कि ? भन्ने प्रश्नको जवाफ दिंदै उनले एमालेलाई सात करोड होइन, सात सय कारोड, सात हजार करोड, सात लाख अफर कसैले गर्छ भने पनि एमालेलाई खरिद गर्न सम्भव छैन ।’

राजनीतिक क्षेत्र कसैको ठेक्का पट्टाको विषय नभएको पनि उनले बताए । अध्यक्ष ओलीले मुलुक लोडसेडिङमुक्त भनिए पनि उद्योगहरुमा लोडसेडिङ भइरहेको र चार रुपैयाँमा भारतलाई बिजुली बेचेर महङ्गोमा भारतबाटै खरिद गरिरहेको आरोप लगाए।

उनले जीवनको विकासका, खोज, अध्ययन र अनुसन्धानका लागि नेपाल अनुकुल भूमी रहेको भन्दै यसको उचित उपयोग गर्नुपर्ने बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ३० बजे

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन– चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको

दुई अर्ब १६ करोडको क्रिप्टो कारोबारपछि प्रहरी हिरासतमा

काठमाडौँ– गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको  अभियोगमा  धनुषाको सबैला नगरपालिका–१२