जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा « Khabarhub

जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा- जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो ।

अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार जिल्लाका ६९ मतदान केन्द्रमध्ये ४१ मतदान केन्द्र अति संवेदनशील सूचीमा रहेको बताए । संवेदनशील १५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान केन्द्र २३ वटा छन् ।

प्रनाउ चन्दले भने, “वि सं २०७४ को निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । भौगोलिक विकटता र यातायातको सहज पहुँच नपुगेको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा राखिएको छ । जिल्लाको सडक पुगेको तर पुल नहुँदा सवारी साधन जान नसकेको तिला गाउँपालिकाको मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रका रूपमा हेरिएको प्रनाउ चन्दले बताए।” त्यहाँ पुग्नका लागि करिब ७ घण्टा लाग्ने अनुमान गरिएको छ ।

स्थानीय निर्वाचनमा सुरक्षा जनशक्ति अभाव देखिएको छ । म्यादी प्रहरीलाई १० दिनको तालिम दिएर परिचालन गर्ने तयारी भइरहेको छ । जुम्लामा ६६९ म्यादी प्रहरी भर्ना गरिएको छ । सबै मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा रहेको सुरक्षा समितिको टोली पुगेर सुरक्षा चुनौतीको अनुगमन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     

पहिलो स्थानीय निर्वाचन २०७४ मा तीन चरणमा निर्वाचन भएकाले सुरक्षा जनशक्ति परिचालन गर्न सहज भएको थियो । अहिले सबै स्थानीय तहमा एकैपटक निर्वाचन हुने भएकाले समस्या छ । एकीकृत सुरक्षा योजनानुसार सुरक्षाकर्मी खटाइने भएको छ । केन्द्रसँग पनि जनशक्ति माग भइरहेको छ ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा अघि बढाउनका लागि जिल्ला सुरक्षा समितिले हरेक विकल्प अपनाउँदै आएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ४८ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा