जनकपुरधाममा मेयर जसपालाई दिने निर्णयको विरोध, कांग्रेसद्वारा विरोध प्रदर्शन | Khabarhub Khabarhub

जनकपुरधाममा मेयर जसपालाई दिने निर्णयको विरोध, कांग्रेसद्वारा विरोध प्रदर्शन


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सत्ता गठबन्धनले जनकपुरधाम उपमहानगरपालिकामा जसपाका नेतालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

केन्द्रीय गठबन्धनको निर्णय आएलगतै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध प्रदर्शन गरेका हुन् ।

केन्द्रमा गठबन्धनले गरेको निर्णयलाई आफूहरूले नमान्ने नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति तथा मेयरका आंकाक्षी मनोज साहले चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसलाई आघात गर्ने हिसाबले निर्णय गरिएको भन्दै उनले यो निर्णयको निन्दा गर्नुका साथै कडा विरोध गर्ने पनि उनले चेतावनी दिएका छन् ।

साहले यो निर्णयविरुद्ध वडा समिति, नगर समिति, क्षेत्रीय समिति सबै आक्रोशित रहेको पनि दाबी गरे ।

उनले जिल्लामा उपलब्ध शीर्ष नेताहरूसँग छलफल गरेर आगामी रणनीति तयार गर्ने र गठबन्धनको विरोधमा उत्रिनेसमेत चेतावनी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ०१ बजे

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

कञ्चनपुर– कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरूले

रियल मड्रिडसँग नापोली पराजित

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड विजयी भएको छ ।

आखिर नरुने को छ र !

जीवनमा साधारण मानिस मात्र होइन, ख्याति कमाएका महापुरुष पनि बलिन्द्रधारा

नारायणगढ–मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो

काठमाडौँका यी स्थान आज विद्युत बन्द हुने (सूचनासहित)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति