एमाले पोखरामा सबै आकंक्षीको नाम केन्द्रमा सिफारिस « Khabarhub

एमाले पोखरामा सबै आकंक्षीको नाम केन्द्रमा सिफारिस


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका सबै आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।

मेयरमा १२ र उपमेयरमा ९ जनाको नाम गत शुक्रबार महानगर कमिटीले जिल्लामा पठाएको थियो ।

जिल्लाले पनि सोही नामलाई प्रदेशमा पठाएको थियो । बुधबार प्रदेश कमिटीले सबै नाम केन्द्रमा पठाएको सचिव धनन्जय दवाडीले जानकारी दिए ।

पोखराको मेयरका लागि प्रदेश सांसदहरू कृष्णबहादुर थापा र राजीव पहारी, केन्द्रीय सदस्य भीम कार्की र मीनाकुमारी गुरुङ, प्रदेशका उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, वडाध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, नेताहरु दीपक पौडेल, बालासिंह काउछा मगर र सावित्री भण्डारीले दाबी गरेका छन् ।

उपमेयरमा वडाध्यक्षहरू शोभामोहन पौडेल र जीवनप्रसाद आचार्य, नेताहरू वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, बिनुकुमारी गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलको नाम सिफारिस भएको छ । केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण सहमति जुट्न सकेको थिएन ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : १४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु