विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित « Khabarhub

विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले युक्रनमाथि गरेको अतिक्रमणको विरोधस्वरूप विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडीलाई सहभागिताबाट वञ्चित गरिएको छ ।

पुरुषतर्फ विश्व वरियतामा दोस्रो स्थानका रुसी खेलाडी डेनियल मेदवेदेव र महिलातर्फ विश्व वरियतामा चौथो स्थानका अरिना साबालेन्का यसबाट प्रभावित भएका छन् ।

राष्ट्रिय झण्डाबिना दुवै राष्ट्रका खेलाडीलाई भाग लिने प्रावधान तय गरिएको छ ।

विम्बल्डन जुन २७ देखि १० जुलाईसम्म संचालन हुनेछ । अल इङल्याण्ड लन टेनिस एईएलटीसीले यसबारे बुधबार आधिकारिक रूपमा निर्णय गर्ने भएको छ ।

साबालेन्का गत वर्षको सेमिफाइनल पुग्न सफल भएकी थिइन् । मेदवेदेव भने चौथो चरण पुग्न सफल भएका थिए ।

विश्व वरियतामा १५ औँ स्थानमा रहेकी रुसी खेलाडी अनास्तासिया पाभ्ल्युचेन्कोभा र बेलरुसकी १८ औँ स्थानमा रहेकी भिक्टोरिया अजारेन्काले मौका गुमाउने भएका छन् ।

पुरुषतर्फ रुसका एन्ड्रे रब्लेब आठौँ स्थानमा छ भने करेन खाचानोभ २६ औँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : २४ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने