विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित « Khabarhub

विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडी प्रतिबन्धित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसले युक्रनमाथि गरेको अतिक्रमणको विरोधस्वरूप विम्बल्डन २०२२ मा रुसी र बेलारुसी खेलाडीलाई सहभागिताबाट वञ्चित गरिएको छ ।

पुरुषतर्फ विश्व वरियतामा दोस्रो स्थानका रुसी खेलाडी डेनियल मेदवेदेव र महिलातर्फ विश्व वरियतामा चौथो स्थानका अरिना साबालेन्का यसबाट प्रभावित भएका छन् ।

राष्ट्रिय झण्डाबिना दुवै राष्ट्रका खेलाडीलाई भाग लिने प्रावधान तय गरिएको छ ।

विम्बल्डन जुन २७ देखि १० जुलाईसम्म संचालन हुनेछ । अल इङल्याण्ड लन टेनिस एईएलटीसीले यसबारे बुधबार आधिकारिक रूपमा निर्णय गर्ने भएको छ ।

साबालेन्का गत वर्षको सेमिफाइनल पुग्न सफल भएकी थिइन् । मेदवेदेव भने चौथो चरण पुग्न सफल भएका थिए ।

विश्व वरियतामा १५ औँ स्थानमा रहेकी रुसी खेलाडी अनास्तासिया पाभ्ल्युचेन्कोभा र बेलरुसकी १८ औँ स्थानमा रहेकी भिक्टोरिया अजारेन्काले मौका गुमाउने भएका छन् ।

पुरुषतर्फ रुसका एन्ड्रे रब्लेब आठौँ स्थानमा छ भने करेन खाचानोभ २६ औँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : २४ बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे