केकीले रोजिन जीवनसाथीका रूपमा रोहित « Khabarhub

केकीले रोजिन जीवनसाथीका रूपमा रोहित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री केकी अधिकारीले गुपचुप विवाह गरेको चर्चा फिल्मनगरीमा विहानदेखि नै छ ।

आफ्नो प्रेम जीवनलाई सोसल मिडिया र मिडियामा छताछुल्ल बनाउन पछि नपर्ने कलाकारहरूको भिडमा केकीले भने आफ्नो सम्बन्धलाई गोप्य राख्ने अभिनेत्रीमा पर्छिन् ।

यसैले गर्दा पनि उनको विवाहको खबर आएता पनि को सँग ? र कहाँ ? भन्ने खुल्न सकेन ।

उनका निकटतम सहकर्मीलाई समेत विवाह हो वा होइन भन्ने बारेमा पूर्ण रूपमा जानकारी छैन ।

यद्यपि उनले विवाह गर्न लागेको व्यक्तिको परिचय सार्वजनिक भएको छ । केकीले रोजेकी जीवनसाथी व्यवसायी रोहित तिवारी हुन् ।

केकी र रोहित केही समयदेखि प्रेममा थिए । केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सह–संस्थापक र सीइओ हुन् ।

तर उनको विवाह भएको हो वा होइन भन्नेमा उनकै निकटम साथीहरू पनि विश्वस्त छैनन् ।

साँझदेखि विवाह भएको खबरकै बीच केकीको मेहन्दी कार्यक्रमको तस्वीर सार्वजनिक भएको छ । यो तस्वीर आजको हो वा हिजो को ? यो अझैँ खुल्न सकेको छैन ।

उनको नजिकी एक साथीले उनीहरूको आज मेहेन्दी भएको र भोलि विवाह हुने बताइन् ।

‘हिजो केकी एक समारोहमा नै थिइन् । यद्यपि तयारी केही समय यता चलेको थियो । तर, मैले थाहा पाएसम्म विवाह भोलि हो’ उनले भनिन् । तर फिल्मनगरीमा केकी आज सानो जमघटका बीच रोहितसँग लगनगाँठो कसको चर्चा छ । फिल्मी करिअरमा पनि अफेयरका कुराहरू कहिल्यै सार्वजनिक रूपमा आउन नदिने केकीले सावधानी अपनाउने गरेकी छिन् । प्रेम र विवाहजस्ता कुराहरू सेलिब्रिटीको ‘प्राइभेसी’ भित्र पर्छन् भन्ने मान्यता राख्ने केकीले विवाह गरिन् वा बाँकी छ ? त्यो त भोलि थाहा हुने नै छ । तर, जीवनसाथी भने छनौट गरिसकेकी छिन् ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १० : ४० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको