वैचारिक धरातल बिर्सिएर अगाडि बढ्ने काम भयोः उपसभापति गुरुङ « Khabarhub

वैचारिक धरातल बिर्सिएर अगाडि बढ्ने काम भयोः उपसभापति गुरुङ


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा वैचारिक धरातललाई बिर्सिएर प्राविधिक रूपमा अगाडि बढ्ने काम भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौँमा नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसर पारेर गरिएको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक गोष्ठीमा उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

‘वैचारिक धरातललाई बिर्सिएर प्राविधिक रूपमा अगाडि बढी रह्यो भने दुर्घटनातर्फ उन्मुख हुन सक्छ,’ गुरुङले भने, ‘आजका दिनमा गम्भीर हुन आवश्यक छ । वैचारिक स्खलन आयो भने राजनीतिक पार्टीहरू बाँच्न सक्दैन ।’
उनले नेपाली कांग्रेसको आत्मा बचाउन नेपाल विद्यार्थी संघ खोज्न आवश्यक रहेको पनि बताए ।

गुरुङले भने, ‘कांग्रेसको आत्मा बचाउनका लागि आजको मितिमा धामीझाँक्री खोज्दै हिँड्ने होइन, नेपाल विद्यार्थी संघ खोज्न आवश्यक छ ।’

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएकोप्रति पनि टिप्पणी गरेका छन् ।

‘पूरै सदस्य घरभित्र राखेर खेतमा खनजोत गर्ने खेतालाहरू बाहिर खोज्न भौतारिरहेको म कांग्रेस हुँ । यस्तो कांग्रेस भएको छु म आज,’ उनले भने, ‘घरभित्रै हुर्किएका जवान छोराछोरीहरू, बुहारीहरूलाई घरमै थन्क्याएर बाहिर खेताला खोज्नेको हबिगत के हुन्छ, प्रष्टै छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : १५ बजे

विपद प्रभावितलाई करिब १७ लाख रुपैयाँ राहत वितरण

म्याग्दी– म्याग्दी, पर्वत र बागलुङमा विपद परी आफन्त गुमाएका, प्रभावित

पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

गण्डकी– पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको

मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

काठमाडौँ– नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा विषयमा