अभिनयमा डेब्यु गर्दै शहनाज  « Khabarhub

अभिनयमा डेब्यु गर्दै शहनाज 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज गिल अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

‘बिग बोस १३’ बाट नोटिस भएकी शहनाजले सलमान खानको अभिनय रहने फिल्म ‘कभी इद कभी दिवाली’ फिल्ममार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् ।

केही समय अगाडी गायनमा उदाएकी शहनाजले फिल्मको छायांकन सुरु गरिसकेकी छन्। आफ्नो डेब्युलाई लिएर निकै उत्साहित रहेकी शहनाजले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

बलिउड लाइफलाई प्रतिक्रिया दिँदै उनले भनिन् ,‘म यो फिल्मलाई लिएर निकै उत्साहित छु। किनकि यो फिल्मबाट मेरो ठूलो सपना पूरा हुँदैछ ।’फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडेको मुख्य भूमिका छ।

फिल्ममा आयुष शर्मा, राघव जुयालको पनि अभिनय रहनेछ। फिल्म छायांकनको लागि मुम्बईमा एक भव्य सेट तयार पारिएको छ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : १४ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत