अभिनयमा डेब्यु गर्दै शहनाज  « Khabarhub

अभिनयमा डेब्यु गर्दै शहनाज 


६ जेष्ठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियालिटी शो ‘बिग बोस १३’ बाट चर्चामा आएकी मोडल शहनाज गिल अभिनयमा डेब्यु गर्ने भएकी छन् ।

‘बिग बोस १३’ बाट नोटिस भएकी शहनाजले सलमान खानको अभिनय रहने फिल्म ‘कभी इद कभी दिवाली’ फिल्ममार्फत अभिनयमा पाइला टेक्न लागेकी हुन् ।

केही समय अगाडी गायनमा उदाएकी शहनाजले फिल्मको छायांकन सुरु गरिसकेकी छन्। आफ्नो डेब्युलाई लिएर निकै उत्साहित रहेकी शहनाजले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् ।

बलिउड लाइफलाई प्रतिक्रिया दिँदै उनले भनिन् ,‘म यो फिल्मलाई लिएर निकै उत्साहित छु। किनकि यो फिल्मबाट मेरो ठूलो सपना पूरा हुँदैछ ।’फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय अभिनेत्री पूजा हेगडेको मुख्य भूमिका छ।

फिल्ममा आयुष शर्मा, राघव जुयालको पनि अभिनय रहनेछ। फिल्म छायांकनको लागि मुम्बईमा एक भव्य सेट तयार पारिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : १४ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ