साउदीमा एक महिनादेखि बेपत्ता युवा भेटिएपछि स्वदेश पठाइयो « Khabarhub

साउदीमा एक महिनादेखि बेपत्ता युवा भेटिएपछि स्वदेश पठाइयो



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर बेपत्ता भएका नेपाली युवा भेटिएका छन् । रियादस्थित नेपाली दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष शाह कानुको खोजी गरी नेपाल पठाइएको छ ।

दूतावासका अनुसार एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका उनलाई भेटेपछि नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो।

उनलाई प्रवेश नाम गरेका एक नेपालीले नै फेला पारी दूतावासमा सम्पर्क गरेका थिए । तत्काल उद्धार गरेर नजिकैको मेडिकल सेन्टरमा स्वास्थ्य जाँच तथा उपचार गरी दूतावासका श्रम काउन्सेलर जीवन राईको साथमा स्वदेश फर्काईएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि उनलाई आफन्तको जिम्मा लगाइएको दूतावासले जनाएको छ । डिप्रेसनको सिकार भएको र बोल्न नसक्ने अवस्थामा रहेका उनी गत १९ अप्रिलको राति सेल्टरमा रहेका अन्य नेपाली दाजुभाइहरू सुतेको मौका पारेर बाहिर निस्किएका थिए ।

दूतावासले खोजतलासको लागि साउदीस्थित सम्बन्धित प्रहरी कार्यालय खोजिदिन र नेपाली समुदायलाई कतै भेटिएमा नजिकको प्रहरी कार्यालय वा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ३८ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई