कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

कञ्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भिमदत्त नगरपालिका–५ तिनतारामा दुईओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

गड्डाबाट सुकासालतर्फ जाँदै गरेको म २ प ८०२४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको म २ प २७६ नम्बरको मोटरसाइकल गए राति साढे ९ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ८०२४ नम्बरको मोटरसाइकल चालक भिमदत्त नगरपालिका–१० का ३८ वर्षीय बिरेन्द्र चन्दको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

अर्को मोटरसाइकलका चालकलाई थप उपचारका लागी धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय गड्डााचौकीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १० : २३ बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार