काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौँ महानगर : २९ हजार ५८२ मतसहित बालेनको अग्रता कायमै


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत २९ हजार ५८२ पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार शाह अन्य प्रतिस्पर्धी भन्दा करिब दोब्बर मतले अगाडि छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १५ हजार ९२१ छ ।

तेस्रो स्थानमा रहेकी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पनि १५ हजार मत कटाएकी छन् । उनको हालसम्म १५ हजार १० मत पुगेको छ ।

पछिल्लो मत परिणाम अनुसार सिंहले एमाले उम्मेदवार स्थापितसंगको मतान्तर घटाएकी छन् ।

त्यस्तै महानगरको उपमेयर तर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ । उनको २६ हजार ५७५ मत पुगेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ८५९१ मतसहित दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : ४६ बजे

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

यूएई र साउदीका सबै उडान अवरुद्ध : रियादको अमेरिकी दूतावासमा आक्रमण

दुबई – इरान र इजरायल–अमेरिका गठबन्धनबीचको सैन्य मुठभेड खाडीका अन्य

तेहरान र बेरुतमा भीषण बमबारी

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल