कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी « Khabarhub

कोसीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । 

शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष पदमा ऐयुव अन्सारी र उपाध्यक्ष पदमा अनितादेवी यादव निर्वाचित भएकी छिन् । कोसीको अध्यक्षमा अन्सारीले एक हजार १९९ मतान्तरले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार ऐयुव अन्सारीले ६ हजार ४१६ मत र उपाध्यक्ष पदमा अनितादेवी यादवले पाँच हजार ३९९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा) का अध्यक्ष पदका उम्मेदवार देवकृष्ण यादवले पाँच हजार २१७ मत प्राप्त गरेर पराजित भएका हुन् । 

नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार अनितादेवी यादवकी प्रतिद्वन्द्वी जनता समाजवादी नेपाल (जसपा) बाट उपाध्यक्ष पदका उम्मेदवार अणुदेवी खेरवार चार हजार ७०८ मत प्राप्त गरी पराजित भएका छन् । कोसी उपाध्यक्ष पदमा यादवले ६९१ मतले खेरवारलाई पछि पार्दै निर्वाचित भएकी हुन् । २०७४ सालको निर्वाचनमा समेत कोसी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा अन्सारी र यादव निर्वाचित भएका थिए ।

कोसी–१ को वडाध्यक्ष पदमा जसपाका शोभितनारायण यादव, कोसी–२ मा नेपाली कांग्रेसका ध्यानी उराँव, कोसी–३ मा नेपाली कांग्रेसका सुलेमान मंसुरी, कोसी–४ मा नेकपा एमालेका इसराइल मियाँ, कोसी–५ मा नेपाली कांग्रेसका शाह जमाल, कोसी–६ मा जसपाका जुडिलाल कौडगिया, कोसी–७ मा नेकपा माओवादी केन्द्रका लालदेव सदा र कोसी–८ मा नेपाली कांग्रेसका बलरामकुमार क्षेत्री विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : २६ बजे

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित

बुधबार ५ अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको भयो कारोबार

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ