पोखरामा गठबन्धनको अग्रता कायमै « Khabarhub

पोखरामा गठबन्धनको अग्रता कायमै


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीको पोखरा महानगरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३ हजार बढी मतान्तरले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार आचार्य २८ हजार ५६३ मतसहित प्रतिस्पर्धी भन्दा अघि छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्ण बहादुर थापाको मत २५ हजार ३ सय ५७ मत छ । उनी थापा भन्दा ३२०६ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालको भने जम्मा ३०६५ मत रहेको छ ।

पोखरामा उपप्रमुख पदमा भने एमालेले अग्रता लिइरहेको छ । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ २९ हजार २० मतसहित अग्रस्थानमा छिन् । उनकी प्रतिद्वन्दी कांग्रेसकी कोपिला रानाभाटले २८ हजार ९०० मतले उनलाई पछ्याइरहेकी छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ६ : ३४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्राफिक जनचेतना फैलाउन ठमेलमा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं– ट्राफिक प्रहरीले ट्राफिक जनचेतना फैलाउनका लागि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौं– नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति