‘ओसन्स इलेभेन’ को प्रिक्वेल बन्दै « Khabarhub

‘ओसन्स इलेभेन’ को प्रिक्वेल बन्दै


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिक्वेल वा सिरिज फिल्महरू बनिरहेको समयमा फिल्म ‘ओसन्स इलेभेन’ को प्रिक्वेल बन्ने भएको छ ।

रिलिज भएको २२ वर्षपछि स्टिभन सोडेरबर्ग निर्देशित फिल्मको प्रिक्वेल बन्न लागेको हो । फिल्ममा ‘बम्बसेल’ अभिनेत्री मार्गोट रोब्बीले मुख्य भूमिका निर्वाह गर्नेछिन् । फिल्म निर्माण कम्पनी वार्नर ब्रोजले रिलिजको दुई दशकपछि यसको प्रिक्वेल बनाउने गरी मुख्य कलाकारको घोषणा गरेको हो । 

सन् २००१ मा लस भेगासको क्यासिनोबाट अर्बौँ रुपैयाँ लुट्ने कथामा  बनेको यो फिल्म त्यस वर्षको सर्वाधिक कमाउने फिल्म थियो । फिल्ममा जर्ज क्लुनी, ब्राट पिट, म्याट डेमन, जुलिया रोबर्टस् आदि कलाकारको अभिनय रहेको छ । 

निर्माण कम्पनी वार्नर ब्रोजले फिल्मका लागि ‘बम्बसेल’ निर्देशक जे रोचलाई जिम्मेवारी दिएको छ । फिल्मले सन् १९६० को दशकको युरोपको कथा प्रस्तुत गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : १२ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती