मर्चवारी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै जनता प्रगतिशील पार्टी विजयी « Khabarhub

मर्चवारी गाउँपालिका अध्यक्षमा कांग्रेसलाई हराउँदै जनता प्रगतिशील पार्टी विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट टिकट नपाएपछि बरई अन्तिम समयमा जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए । गया बरईले चार हजार ३८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले तीन हजार २४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह दुई हजार ९६५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको सुमन यादवले दुई हजार ४०९ मत प्राप्त गरिन् । वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णकुमार सिंह ७६३ मत ल्याई विजयी घोषणा भए भने उनका निकटतम प्रतिद्वन्द्वी क्षेत्रीय सभापतिसमेत रहेका नेपाली कांग्रेसका मुकेश यादवले ७३७ मत प्राप्त गरे ।

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी ९८३ मत सहित विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सुरेन्द्रनाथ मिश्र ४७२ मतल ल्याए । वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव ५७७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सन्तोष कुमार बरईले ४४८ मत पाए ।

वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी ४९४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अनिल यादवले ४४१ मत प्राप्त गरे । वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह ५४४ मत ल्याई विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारद यादवले ४४४ मत पाए ।

वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द ६८७ मत ल्याइ विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका अमरनाथ कुर्मीले ६७९ मत पाए । वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मी ४८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मातीबर कोहारले ४७८ मत पाए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ३१ बजे

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया