कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना « Khabarhub

कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिन महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यकम सम्पन्न भएको छ ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो ।

कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए । उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य  गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाँचो भएको बताए ।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिँदै गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्यसम्बन्धी  जानकारी दिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ३० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित