श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान  « Khabarhub

श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानस्थित नेपाली दूतावासले नेपाली श्रमिक लक्षित जनचेतना कार्यक्रम गर्ने भएको छ ।

दूतावासले आगामी जुलाई १ तारिख शुक्रबारका दिन मस्कटले दोफार प्रशासनिक क्षेत्रको सलाला आसपासमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो ।

दूतावासका अनुसार श्रमिक सुरक्षा, जनचेतना, श्रमिक हकहित तथा नेपाल सरकारको पछिल्लो निर्णयअनुसार घरेलु कामदारलाई पारिवारिक पुनः मिलनको लागि नेपाल यात्रामा सहजीकरण सम्बन्धी व्यवस्था लगायतका श्रमिकसँग सम्बन्धित विविध विषयमा चेतनामूलक कार्यक्रम गर्न लागेको जनाएको छ ।

उक्त क्षेत्रमा रहेका नेपालीहरूलाई कार्यक्रममा आफू सहभागी हुन तथा सो क्षेत्रमा बस्ने अन्य नेपालीहरू समक्ष पनि कार्यक्रमबारे जानकारी सम्प्रेषण गरी सहभागिताका लागि अनुरोध गर्न त्यहाँ कार्यरत सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

कार्यक्रम मस्कट इन्टरनेसनल होटेल सलाला (नेपाली होटेलसँगैको होटेल) मा दिनको १ देखि ५ बजे सम्म सञ्चालन हुनेछ । थप जानकारीका लागि दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९-२५०६ मा वा ९६९८-४२२३ मा रमेश अर्याललाई सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ४७ बजे

उद्यमशीलताको विकास : युवा योजना र राज्यको सहजीकरण

राज्यले आफू पुग्ने गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्न नसकेको र

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना