एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला « Khabarhub

एक खेल अघि नै नेदरल्यान्डविरुद्ध इङ्ल्यान्डलाई शृंखला


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेसँगै इङ्ल्यान्डले तीन खेलको शृंखला एक खेल अगावै जितेको छ ।

आइतबार ४१ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले दिएको २३६ रनको लक्ष्य इङ्ल्यान्डले ३६,१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।

इङ्ल्यान्डको जितमा ओपनरद्वय ज्यासन रोयले ७३ र फिल साल्टले ७७ रन बनाए । रोयले ६० बलमा १३ चौका र एक छक्का प्रहार गर्दा साल्टले ५४ बलमा चौका हिर्काए ।

यसबाहेक, मोइनल अलिले अविजित ४२ र डेभिड मिलानले ३६ रन जोडे । तर, इङ्ल्यान्डका कप्तान इयोन मोर्गन डक आउट भए । मोर्गन शृंखलाको पहिलो खेलमा पनि गोल्डेन डक आउट भएका थिए । नेदरल्यान्ड्सका आर्यन दत्तले दुई विकेट लिँदा टिम प्रिङ्गल र टिम कुपरले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ४१ ओभरमा सात विकेट गुमाएर दुई सय ३५ रनको योगफल तयार गरेको थियो ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवाड्सले सर्वाधिक ७८ र बनाए । उनले ७३ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए । यसबाहेक, बास डे लिडेले ३४, लोगन भान बीकले ३० र तेजा निडामानुरुले २८ रन बनाए ।

इङ्ल्यान्डका डेविड विले र आदिल राशिदले समान दुई विकेट लिँदा ब्रिडन कार्से र लियम लिभिङस्टोनले १-१ विकेट लिए । यी दुई टिमबीचको अन्तिम एकदिवसीय खेल जुन २२ मा हुने तालिका छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : १२ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन