व्यास नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण « Khabarhub

व्यास नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ -जिल्लामा दुई पालिका जोड्ने गरी निर्माण सुरु भएको झोलुङ्गे पुल सम्पन्न भएको छ । व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ जोड्ने साँगेखोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

दुई पालिकाको लगानी, झोलुङ्गे पुल कार्यक्रम, स्थानीयवासीको श्रमदान, गैरसहकारी संस्था समन्वय समितिको प्राविधिक सहयोगमा उक्त ठाउँमा पुल निर्माण भएको हो । रु ४३ लाख दश हजार ६१ को लागतमा पुल निर्माण सकिएको समन्वय समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिए ।

पुल निर्माणका लागि पालिकाबाट रु पाँच लाख ६२ हजार ३५९, झोलुङ्गे पुल कार्यक्रमबाट रु ३६ लाख ६३ हजार ५५० लगानी गरेका छन् भने स्थानीवासीले रु ८४ हजार १४९ बराबरको श्रमदान गरेका छन् । पुल निर्माणका लागि विसं २०७८ पुस ८ गते उपभोक्ता समितिसँग सम्झौता भएको थियो । निर्माण कार्य भने फागुन १३ गतेबाट सुरु भएको थियो । ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि ७२ घरधुरीका ४३४ लाभान्वित भएका छन् ।

यहाँ पुल नहुँदा वर्षायाममा स्थानीयवासीलाई जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । पुल निर्माण भएपछि अब यहाँका स्थानीयवासीलाई सहजरुपमा आवतजावत गर्न सहज हुने भएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : ४७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक