मृत्यु कुर्दै काजलकली | Khabarhub Khabarhub

मृत्यु कुर्दै काजलकली


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पर्यटन व्यवसायीले विशेषगरी जंगल सफारीका लागि प्रयोग गर्ने हात्ती किनबेच गर्न पाइँदैन । तर, पनि यहाँका व्यापारीले निश्चित फाइदा लिएर लुकिछिपी रुपमा हात्तीलाई भारत पुर्‍याउने गरेका छन् ।

दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएको काजलकली हात्ती अहिले बेवारिसे भएको छ । बेच्ने व्यापारीले पैसा लिइसकेकाले फिर्ता ल्याइएको हात्तीको जिम्मा नलिएपछि हात्ती बेवारिसे भएको हो । उक्त हात्ती पाँच महिनादेखि बिरामी छ ।

२० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको छ । करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प नभएको पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभावमा मर्न लाग्नु दुर्भाग्य भएको उनी बताउँछन् ।

‘हात्ती बिरामी भएको पाँच महिना भइसक्यो । बेच्नेले जिम्मा नलिने र सरकारी पक्षबाट निकुञ्जले पनि जिम्मा नलिएपछि कुनै परीक्षण नै भएन’, उनी भन्छन्, ‘अहिलेसम्म के रोग लागेको हो भन्ने नै थाहा छैन । एक महिनामा मात्रै तीन पटक लड्यो । अहिले मर्न लागेपछि सामान्य प्राथमिक उपचार मात्रै गरिएको छ ।’

दर्ता भएका बन्दी हात्तीहरूको नामावलीमा काजलकलीको नाम नै नभएको उनले बताए । छ महिनाअगाडि उक्त हात्तीलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो ।

सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले सो हात्ती सौराहाका व्यवसायी मधुकर रेग्मीको भएको पुष्टि गरे । रेग्मीले भारतका व्यापारीलाई बिक्री गरेपछि हात्ती सिमानाबाट फिर्ता ल्याइएको हो । निकुञ्जले बिरामी हात्तीको निगरानी गरिरहेको उनको भनाइ छ ।

रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । भीमकाय शरीर भएको हात्ती तीन पटकसम्म ढल्दा उसको शरीर घाउले भरिएको छ । काजलकलीको नेपाली साहु खोजेर उसलाई कारबाही गर्न पशु अधिकारकर्मी श्रेष्ठले माग गरेका छन् ।

‘एउटा बिन्ती छ कि, सम्बन्धित निकायले काजलकलीको नेपाली साहु को थियो भनेर छानबिन गरोस् । अनि उक्त व्यक्तिलाई कानुनी दायरामा ल्याएर सजाय दिइयोस्’, उनले भने । सौराहामा वन्यजन्तुको उपचार गर्न छुट्टै अस्पताल निर्माण गरिएको छ । उक्त अस्पतालबाट करिब आधा किमीको दूरीमा रहेको काजलकली भने उपचार नपाएर मर्नु दुःखद भएको उनी बताउँछन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ३५ बजे

नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालबाटै चीनसहित विश्वभर

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा

पाटन– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको

‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’

काठमाडौं–  एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई

१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य

काठमाडौँ – इस्वी सम्वतको जुन २१ तारिक अर्थात् आज अन्तर्राष्ट्रिय

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा