महानगरको नीति तथा कार्यक्रममा समेटियो फिल्म, संगीत, नाटक  | Khabarhub Khabarhub

महानगरको नीति तथा कार्यक्रममा समेटियो फिल्म, संगीत, नाटक 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

आइतबार मेयर बालेन्द्र शाहले नगर सभाको ११ औँ अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

‘सांस्कृतिक सहर समृद्ध नगर’ मूल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए  महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ ।

प्रस्तुत नीति तथा कार्यक्रममा मेयर शाहले काठमाडौँ सहरलाई अन्तर्राष्ट्रिय फिल्म, संगीत, कला र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नको लागि ब्रान्डिङ गर्न सम्बद्ध निकायसँग सहकार्य गर्ने उल्लेख गरेका छन् ।

आफ्नो चुनावी घोषणापत्रमा उल्लेखित एजेन्डालाई बालेनले नीति तथा कार्यक्रममा समेटेका हुन् । कला क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि काठमाडौं महानगर क्षेत्रभित्र डबलीको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गर्ने डंगोलको योजना पनि नीति तथा कार्यक्रममा समावेश छ ।

साथै महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी फिल्म र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने पनि उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ३४ बजे

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्

नाडा अटो शो : सीजी मेरिडिया कराओके क्यूएलइडी टेलिभिजन सार्वजनिक

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले यस वर्षको नाडा

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा चार जनाको मृत्यु

चितवन – जापानिज इन्सेफ्लाइटिसका कारण चितवनमा चार जनाको मृत्यु भएको

नेपाल किसान महासंघको चौथो राष्ट्रिय महाधिवेशन भदौ तेस्रो साता हुने

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको चौथो राष्ट्रिय

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश